ट्रेण्डिङ

होमपेज / राजनीति

विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित

नेपालगाथा २०७८ बैशाख २६ गते आइतबार १४:४०:०८ मा प्रकाशित

 काठमाडौं । कोरोना भाइरस महामारीका कारण विवेकशील साझा पार्टीले जेठ अन्तिम साता तय गरेको एकता महाधिवेशन स्थगित गरेको छ ।

जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी गरिएको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

तर शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले प्रतिकूल अवस्था सिर्जना गरेको र ठूलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले जेठमा महाधिवेशन गर्न नसिकने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तोकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top