ट्रेण्डिङ

होमपेज / राजनीति

घरघरै औषधि र अक्सिजन सिलिन्डर पुर्‍याउँदै मेचीनगर

नेपालगाथा २०७८ बैशाख २५ गते शनिबार १३:०५:२९ मा प्रकाशित

झापा। झापाको मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुर्‍याउने व्यवस्था मिलाएको छ । वडा नम्बर– ११ धाइजनमा ३० शैंयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

‘होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्ने छैन’, ओझाले भने, ‘जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।’ नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top