होमपेज / राजनीति
काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेका रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुबै नेकपा एमाले हुन् ।
बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ । स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपल समूहको समर्थन रहेको छ ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यही ठाउँबाट निर्वाचित भएका थिए । पार्टी परित्याग गरी एमालेमा गएपछि माओवादी केन्द्रले बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो ।
गृहमन्त्री रमेत रहेका बादलको सांसद पद गुमेकाले खाली भएको ठाउँमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो । माओवादी केन्द्र छाडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ ।