होमपेज / राजनीति
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको छ । वाग्मती प्रदेशअन्तर्गत आउँदो जेठ ६ गते हुन लागेको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी दर्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेका रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता माधव नेपाल पक्षका खिमलाल देवकोटाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनु भएको छ । स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।
माओवादीले बादललाई कारबाही गरेपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको आयोगले जनाएको छ ।बादलले माधव समूहले आफूलाई समर्थन गर्ने घुमाउरो तरिकाले दाबी गरेका छन ।