ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दीपक निरौला चयन

नेपालगाथा २०७८ बैशाख २३ गते बिहीबार १५:१८:५३ मा प्रकाशित

काठमाडौं ।  सत्तासीन दल एमालेको बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दीपक निरौला चयन भएका छन् ।तत्कालीन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री बनेपछि रिक्त रहेको मुख्य सचेतकको पदमा निरौलालाई मनोनयन गरिएको हो ।

काठमाडौं–५ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य निरौलालाई दलको विधान २०७७ को दफा १३ बमोजिम संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरी आज बागमती प्रदेश सभा सचिवालयलाई जानकारी गराइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top