होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न कांग्रेस नेताहरुसँग आग्रह गरेका छन् ।प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए ।
आजको भेटघाटमा ओली र सभापति देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा कुरानकानी भएको बुढानिलकण्ठ स्रोतले बताएको छ । २७ गते आफूले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् ।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ओलीले सहयोगको आग्रह गरेका थिए ।