होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका नेताहरु लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।उनी केहीबेरअघि देउवा निवास पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल पनि गएका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।
भेटमा प्रधानमन्त्री ओली र देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । २७ गते विश्वासको मत लिने प्रयोजनका लागि भन्दै संसद् बैठक बोलाएपछि ओली कांग्रेस सभापति देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगेका हुन् ।