ट्रेण्डिङ

होमपेज / राजनीति

विश्वासको मत लिन जाने प्रधानमन्त्री ओलीको कदम षड्यन्त्रपूर्ण : काँग्रेस

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार २१:१८:१७ मा प्रकाशित

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा मङ्गलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश शरण महतले संवैधानिक परिषद् लगायतका सात वटा अध्यादेश ल्याउने सरकारको कामको भर्त्सना गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top