ट्रेण्डिङ

होमपेज / राजनीति

अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी छु : अमिक शेरचन

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १४:३५:३४ मा प्रकाशित

कास्की — अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । जेलजस्तो पदमा बसिरहनुभन्दा मुक्त हुन पाउँदा नै आफूलाई खुसी लागेको भन्दै उनले धन्यवाद दिएका हुन् ।

सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए । आफूसँग कुनै पनि अधिकार नरहेको र त्यस्तो पदमा बसिरहन मन पनि नभएको उनले बताए ।

‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म नमान्दा–नमान्दै थामिएको पद थियो । रहरले भन्दा पनि बाध्यताले आएको थिएँ । संसद् विघटन हुने बेला नै राजीनामा दिने तयारी गरेँ । प्रचण्डले रोकेका कारण दिएको थिइनँ । अहिले आफैं हटाइयो ।’

विगतमा आफूलाई राष्ट्रपति समेत बन्न प्रस्ताव आएको तर आफूले अस्वीकार गरेको उनले सुनाए । उनले राजनीतिमा ६२ वर्ष बिताएको जनाउँदै आफूलाई कुनै पनि पदको लोभ नभएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top