होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।उनले अहिले साढे ३ बजे सम्बोधन गर्न लागेको प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए ।
पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।
ओलीले समसामयिक विषय र कोभिड–१९ कमा सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।