होमपेज / राजनीति
पोखरा । गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । सोमबार बसेको कार्यव्यस्था समितिको बैठकले सबै दलको नेताको बैठकले मात्र टुंगो लगाउने निर्णय भएको छ ।
दलको नेताहरूको बैठक कहिले बस्ने भन्ने समय टुंगो लागेको छैन । दलका नेताहरूको बैठक भोलि बस्ने र त्यसपछि मात्र बैठकको मिति टुंग्याउने निर्णय भएको कांग्रेस सांसद कुमार खड्काले जानकारी दिए ।केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छिनोफानो गर्ने गरी बोलाइएको संसद बैठक अनिश्चित कालका लागि स्थागित गरिएको छ ।