ट्रेण्डिङ

होमपेज / राजनीति

मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ:विमला खत्री

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १५:२२:३८ मा प्रकाशित

१९ वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन् ।नले श्रीमान् एमालेमा भए पनि उनको मृत्युपछि आफूलाई उम्मेदवार बनाउने बेलामा केही थाहा नभएको पनि बताएकी छन् ।

सांसदमा निर्वाचित भएपछि माओवादीका नेताहरूले सहयोग गरेको र सोही कारणले आफू माओवादी केन्द्रमा लागेको प्रस्ट्याएकी छन् ।एमाले नेताहरुले वलीलाई अपहरण गरिएको हुनसक्ने दाबी गरेका थिए । तर प्रदेशसभा सदस्य वलीले पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेकी छन् । उनले भनेकी छन्, ‘कसैले आउनुपर्छ भनेर होइन, मेरो आफ्नै खुसीले माओवादी केन्द्र रोजेको हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top