ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

नेपालगाथा २०७८ बैशाख १९ गते आइतबार १५:१४:०२ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा छलफल भएको शीतलनिवास स्रोतले जनाएको छ ।प्रधानमन्त्री ओलीले आईतबारनै बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक पनि बाेलमएका थिए। त्यसपछि  प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाक्ष भेटेका हुन।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको बारे र कोरोना महामारी रोकथामका बारेमा ब्रिफिङ गरेका थिए ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि लुम्बिनी प्रदेशको राजनीतिक र कोरोना महामारी रोकथामका बिषयमा कुराकानी भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top