ट्रेण्डिङ

होमपेज / राजनीति

'श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मुल्याङ्कन हुनुपर्छ' - प्रदेश प्रमुख कलौनी

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२१

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १५:५२:२८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १), २०२१ को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नु भएकाे छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसम्म नेपाललाई ल्याई पुर्‍याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मुल्याङ्कन गर्दै प्रदेश प्रमुख कलाैनीले सम्पूर्ण श्रमिकवर्ग प्रति उच्च सम्मान व्यक्त गर्नु भएकाे छ।

यस दिवसले श्रमिकको हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्दै सबै श्रमजीवीलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएकाे बताउँदै प्रदेश प्रमुख कलाैनीले श्रमअधिकार सुनिश्चितताको लागि सबैले श्रम गर्ने अवसरसहित सामाजिक, आर्थिक समुन्नति हाँसिल गर्न सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने तर्फ सबैको ध्यानाकर्षण गराउनु भएकाे छ ।

'कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी महामारीका कारण कठिन मोडमा अधिकांश क्षेत्रका श्रमिकहरूले रोजगारी गुमाउनु परेको छ, रोजगारीको सिलसिलामा विदेशमा रहनुभएका श्रमजीवी जनता स्वदेश फर्किनुका साथै स्वास्थ्य, सरसफाइ, सुरक्षा जस्ता अत्यावश्यक क्षेत्रका श्रमिकहरूले अग्रपंक्तिमा काम गर्नुपरेको छ, शुभकामना सन्देशमा भनिएकाे छ । यसरी आफ्नो ज्यान जोखिममा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरूमा प्रदेश प्रमुख कलाैनीले धन्यवाद दिनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top