ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारको अभिव्यक्तिले नागरिकमा डर फैलाएको छ: वर्षमान पुन

नेपालगाथा २०७८ बैशाख १८ गते शनिबार १५:२३:५८ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा डर फैलाएको बताएका छन् सरकार कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागी  लापरबाही गरेको  पुनको भनाइ छ ।

‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, शुरुमा सम्भावित जोखिमको लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउनु असाध्यै गैरजिम्मेवार कुरा हो,’ उनले भने, ‘यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्य उपचार, चेकजाँच र परीक्षणमा ध्यान दिनुपर्छ ।’

पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद कुरा भएको आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top