ट्रेण्डिङ

होमपेज / राजनीति

'भगाैडाहरुकाे सरकारबाट जनताले के अपेक्षा गर्ने' - नेता कंडेल

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार २०:५१:५३ मा प्रकाशित

'भाग्ने भगाैडाहरु पनि कर्णाली प्रदेश सभाभित्रै देखा परे । भाग्ने भगाैडाहरुकाे बाहुल्यता भएकाे सरकार पनि कर्णाली प्रदेश सभा मै देखियाे ।' 

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज तथा संसदीय दलका नेता यामलाल कंडेलले कर्णाली प्रदेशकाे बहुमतकाे सरकारबाट गर्न नसकिएका विकास र सुशासनका अपेक्षा भगाैडाहरुकाे सरकारबाट जनताले गर्न नसक्ने बताउनुभएकाे छ । साथै उहाँले कर्णाली प्रदेश सरकारमा राजनीतिक अपराधी र भगौडाहरुको बाहुल्य रहेको पनि बताउनु भयाे । सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता कंडेलले कर्णालीमा फ्लोर क्रस गर्ने काम दलीय अाचरणा विपरितका साथै राजनीतिक अपराध भएको बताउनुभयाे ।

राजनीतिक संस्कार बिग्रदै गएकाेमा चिन्तित देखिएका नेता कंडेलले भगौडा जस्तो भागेर सरकारकाे मन्त्री बन्ने कुरा कसैका निम्ति रमाइलो होला तर यस्ताे व्यवस्थाबाट जनताले के अपेक्षा गर्ने ? राजनीतिक भगाैडाहरुप्रति अाक्रामक देखिएका नेता कंडेलले राजनीतिक अपराध गरेर भागेका एमालेका भगौडालाई कर्णाली सरकारले पुरस्कृत गरेकाे समेत बताए । 

 

नेता कंडेलले भन्नुभयाे, 'राजनीतिक निर्णय र कुनै अर्काे दलमा साथिहरु जान सक्नुहुन्छ तर साथीहरुले जुन काम गर्नुभयाे त्याे निन्दनीय र अपराधिक काम हाे । यस्ताे संस्कृति र प्रवृतीले दलीय व्यवस्था अघि बढ्न सक्दैन ।' मन्त्री नै भगाैडा भए पछि कर्मचारीले कस्ता मनाेविज्ञान बनाउलान् र जनताले कस्ताे मनाेविज्ञान बनाउलान् भन्दै नेता कंडेलले यस्ताे सरकारबाट विकास निर्माणकाे अाशा गर्न नसकिने बताउनुभयाे ।

उहाँले मन्त्रीका लागि साैंदाबाजी गर्ने सरकारले नेदेखिने ठाउँमा कति साैदाबाजी, दुरुपयाेग र मिलेमताे भएकाे हाेला भनि शंका गर्नुपर्ने बताउनुभयाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top