ट्रेण्डिङ

होमपेज / राजनीति

नेपाल-खनाल समूहको माग अनुसार सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार १७:१५:३६ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी ओलीको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

पार्टीले स्पष्टीकरण सोधेको तर कारबाही भने गरिनसकेको अवस्था भएकाले अन्तरिम आदेश दिन उपयुक्त नहुने सर्वोच्चको ठहर छ। प्रकाशकुमार ढुंगानाको एकल इजलासले गरेको आदेशमा पार्टीभित्र स्पष्टिकरण सोधिनु सामान्य भएको उल्लेख छ।

वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए ।

त्यसविरुद्ध नेता माधवकुमार नेपालसहित ४ जना नेताले आफूहरुमाथिको कारबाही हाल यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन अन्तरिम आदेश माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top