ट्रेण्डिङ

होमपेज / राजनीति

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबुल हुने

नेपालगाथा २०७८ बैशाख १२ गते आइतबार १४:५५:५४ मा प्रकाशित

काठमाडौं । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव सोमबार प्रदेशसभामा टेबुल हुने भएको छ । 

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार दिउँसो २ बजेदेखि सुरु हुने विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो । अविश्वासबारे मतदानको टुंगो लाग्न बढीमा तीन दिन समय लाग्ने भएको छ । 

सोमबार सुरु हुने अधिवेशनमा सांसदले बोल्ने छन् । कति जना सांसदले सम्बोधन गर्छन् भन्नेमा मतदानको समय टुंगो लाग्ने प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top