होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभाको उप निर्वाचनमा रामबहादुर थापा बादल नै उम्मेद्वार हुने बताएका छन्।
शुक्रबार बालुवाटारमा जारी बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटी सदस्यसमेत रहेका गृहमन्त्री बादललाई ६ जेठमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले घोषणा गरे पनि केन्द्रीय कमिटी बैठकले भने यसबारेमा औपचारिक निर्णय भने गरेको छैन ।
‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरू ३५ दिनदेखि ६ महिना भित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ’, ओलीको भनाई उद्धृत गर्दैं एक नेताले सेतोपाटीसँग भने, ‘जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा राम बहादुर थापा नै हाम्रो उम्मेदवार हो। आवश्यक समयमा औपचारिक निर्णय गरिनेछ।’