होमपेज / राजनीति
काठमाडौं । कर्णाली प्रदेशका चार सांसदलाई नेकपा एमालेले पद खारेज हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।
शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी माओवादी सरकार जोगाइदिएका चार जना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पार्टी र सांसद पदबाट हटाउने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।