होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको छलफल सकिएको छ ।
क्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता सुरु भएको थियो । दुवैजना आ-आफ्नै अडानमा कायमै रहेको र ओलीले 'वार्ता कायमै राखौं' भनेर निस्किएको स्रोतले जनायो ।
यसअघि अध्यक्ष ओली र नेपालबीच बुधबार साँझ मेरियट होटलमै भेटवार्ता भएको थियो । २३ फागुनमा सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि पार्टीभित्रको विवाद चर्किएको छ ।