ट्रेण्डिङ

होमपेज / राजनीति

सर्वोच्च अदालतद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश

नेपालगाथा २०७८ बैशाख ८ गते बुधबार १४:५१:१६ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।

अधिवक्ता विष्णु्प्रसाद घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले स्टिङ अपरेशन नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top