ट्रेण्डिङ

होमपेज / राजनीति

काँग्रेसको पदाधिकारी बैठक जारी

नेपालगाथा २०७८ बैशाख ८ गते बुधबार ११:१८:३७ मा प्रकाशित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ । आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु बिच छलफल भैरहेको छ ।

काँग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको काँग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top