ट्रेण्डिङ

होमपेज / राजनीति

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरे मन्त्रिपरिषद् पुनर्गठन

नेपालगाथा २०७८ बैशाख ६ गते सोमबार १९:२७:०६ मा प्रकाशित

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदलाई मन्त्री बनाएका छन्।आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन् । उनीहरुले सोमबार नै सपथ लिएका छन् ।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको थियो। जसपाका सांसदहरुको साथ लिएर मन्त्रिपरिषद् विस्तार गरेसँगै उनको पद जोगिने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top