होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकमा मुख्यतः तीन विषयमा छलफल भएका छन् ।
बैठकमा कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका विषयमा छलफल भएकाे छ। साथै विभिन्न स्थानमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बारे पनि बैठकमा छलफल भएको छ । त्यस्तै प्रतिनिधि सभाको काम कारबाहीका बारेमा पनि छलफल भएकाे छ।
‘संसदमा अड्किएका केही विषय र पछिल्ला राजनीतिक विषयमा समेत छलफल भयो,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘एमसीसी अड्किएको छ । पास गर्ने कि नगर्ने संसद्को अधिकार छ । तर, सभामुखले तजबिजी अधिकार प्रयोग गरेर लामो समय रोक्न मिल्दैन भन्ने साझा धारणा रह्यो । केहीले आफ्ना आशंका पनि प्रकट गर्नुभयो । विजनेस रोक्न मिल्दैन भन्नु भएको छ ।’
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपाल, झलनाथ खनाल भने सहभागी भएनन। बैठकमा कांग्रेसबाट कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए ।