होमपेज / राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन। प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा सन्दर्भमा कुनै खबर, जानकारी नगराएकाले उपस्थित हुन वाञ्छनीय नरहेको दाहालनिकट स्रोतले जानकारी दियो ।
‘प्रधानमन्त्रीले आफू, कांग्रेस सभापति र अध्यक्ष बस्ने भनेर भन्नुभएको रहेछ। अध्यक्षले बालुवाटारमा नभई सिंहदरबारमा बैठक राख्न सुझाउनुभएको थियो,’ प्रचण्ड निकट एक नेताले भने, ‘अध्यक्षलाई सर्वदलीय भनेर समेत भनिएको छैन। नबोलाएको बैठकमा जाने कुरै भएन। सिंहदरबारमै बैठक गरौं भनेकाले पनि उता जानुहुन्न।’
माओवादी नेताहरुले सर्वदलीय बैठकबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् ।