ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीको आब्हानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै

नेपालगाथा २०७८ बैशाख ४ गते शनिबार ०७:११:३१ मा प्रकाशित

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन्। विपक्षी दलहरूले सरकार निर्माण गर्न नसकिरहेकाे बेला प्रधानमन्त्री ओलीले आज  विहान ११ बजे प्रधानमन्त्री निवासमा बस्ने गरी बैठक डाकेका हुन् । राजनीतिक घटना क्रम उतार चढाब भइरहेकाे समयमा प्रधानमन्त्रीले डाकेकाे याे दाेस्राे सर्वदलिय बैठक हाे ।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्रीले बैठक डाकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।बैठकमा सहभागि हुन् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,राजपाका नेताहरू लगायत संसदमा प्रतिनिधित्व गर्ने सवै दलका नेताहरूलाई आमन्त्रण गरिएकाे बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top