ट्रेण्डिङ

होमपेज / राजनीति

दीप बस्न्यातको रिहाइको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोज शर्माको इजलासले हेर्न नमिल्ने

नेपालगाथा २०७८ बैशाख ३ गते शुक्रबार १५:४९:३८ मा प्रकाशित

काठमाडौँ । भ्रष्टाचार मुद्दामा थुनामा रहेका अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातको रिहाइको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोज शर्माको इजलासले हेर्न नमिल्ने भएको छ । राणाले आफैले सुनुवाइ गर्ने गरी बिहान इजलास तोके पनि दिउँसो हेर्न नमिल्ने सूचना वेबसाइटमा राखिएको हो ।

बालुवाटारको ललितानिवास भ्रष्टाचार काण्डका मुख्य अभियुक्त बस्न्यातलाई विशेष अदालतले गत मंसिर २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । विशेषको उक्त आदेशविरूद्ध बस्न्यात सर्वोच्च गएका थिए ।

बस्न्यातलाई डिल्लीबजारस्थित सदरखोरमा राखिएको छ । बस्न्यातविरुद्ध बालुवाटारको १ सय १३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगसहित अख्तियारले अभियोगपत्र दर्ता गरेको थियो। उक्त प्रकरणमा बस्न्यातसहित १ सय १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तत्कालीन तीन जना मन्त्रीसमेत मुछिएका छन्। ०७६ साल माघ २२ गते दायर भएको उक्त मुद्दामा एक वर्षपछि बस्न्यात अदालतमा हाजिर भएका थिए। उनलाई तत्कालीन भौतिक योजना मन्त्रालयको सचिव रहँदा निर्णयकर्ताको हैसियतमा मुद्दा दायर गरिएको हो।

मुद्दामा प्रतिवादी बनाइएका गच्छदारसहितका अधिकांश पदाधिकारी अझै अदालतमा उपस्थित भएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top