ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने;राष्ट्रिय हित विपरीतका काम नेपाली जनतालाई स्वीकार्य छैन

नेपालगाथा २०७८ बैशाख ३ गते शुक्रबार १५:२०:५७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा बागमती प्रदेश स्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै प्रचण्डले देशलाई बन्दकी राख्ने राष्ट्रिय हित विपरीतका काममा सरकारको नेतृत्व गर्ने प्रमुखनै लागेको खबरहरु सार्वजनिक भईरहेको भन्दै यसले नेपाल र नेपाली जनताको आत्मसम्माननमा प्रश्न खडा गर्ने दुस्साहस भएको बताए ।

‘देशलाई बन्धकी राख्ने, राष्ट्रिय हितका विपरीतका गतिविधि गर्ने काममा स्वयं सरकारका नेतृत्व गर्ने प्रमुखहरु नै लागेका खबरहरुले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा, उनीहरुको आत्मसम्मान र राष्ट्रिय स्वाधीनतामाथि प्रश्नचिह्न खडा गर्ने दुस्साहस भएको छ’ प्रचण्डले भने, ‘तर सचेत नेपाली जनता, स्वस्थ नेपाली जनता, वलिष्ठ नेपाली जनतालाई यी सबै षड्यन्त्र स्वीकार्य छैन ।’

अध्यक्ष प्रचण्डले जित अन्ततः जनताकै हुने भन्दै देशलाई पछि फर्काउने सपना नदेख्न चुनौती दिए । इतिहासको चक्कालाई पछाडी फर्काउन खोज्ने पश्चगामी र अग्रगमनकारी शक्तिका बीच संघर्ष भईरहेको बताउदै अध्यक्ष प्रचण्डले अग्रगमनका पक्षमा लाग्न खेलाडीलाई समेत आव्हान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top