ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

नेपालगाथा २०७८ बैशाख ३ गते शुक्रबार १५:०८:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको लागि सर्वदलीय बैठक बोलाएका छन् । उनले कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न भनी सर्वदलीय बैठक बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

ओलीले संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँगै पूर्व प्रधानमन्त्रीहरुलाई पनि छुट्टै निमन्त्रणा गरेका छन् ।

यसअघि दलहरुबीच दुरी बढेको भन्दै राष्ट्रपति विद्या भण्डारीले पनि सर्वदलिय बैठकको आव्हान गरेकी थिइन् । सो बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीले जारी राजनीतिक गतिरोधको निर्वाचनबाट निकास दिनुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top