होमपेज / राजनीति
काठमाडाैं ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिने वातावरण बनाउन माग गर्दै उनले कर्णाली प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्।शाहीले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिन आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका हुन।
‘नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रायोजनका लागि “नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछु,” मुख्यमन्त्री शाहीले पत्रमा लेखेका छन्।
नेकपा एमालेले गत चैत ५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली सरकार अल्पमतमा परेको हो ।