होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शाहीका तर्फबाट पत्र दर्ता गराइएको छ ।
शाहीले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । मंगलबार पत्र दर्ता गरिएको नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्टले जानकारी दिए ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाहीको सरकार अल्पमतमा परेको छ । उनलाई प्रतिस्थापन गरेर आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि एमालेले गृहकार्य गरिरहेको छ । ४० सदस्यीय संख्या रहेको कर्णाली प्रदेशसभामा २१ बहुमत संख्या हुन आउँछ ।