ट्रेण्डिङ

होमपेज / राजनीति

दिनेशचन्द्र सुवेदीको खातामा भेटियो भीम रावलले गायब पारेको भनिएको ३० लाख रुपैयाँ

नेपालगाथा २०७७ चैत्र ३१ गते मंगलबार १५:०४:१६ मा प्रकाशित

काठमाडौँ- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को खाताबाट गायब भएको ३० लाख रुपैयाँ व्यक्तिको खातामा जम्मा भएको खुलेको छ । नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले रावलले ३० लाख गायब पारेको आरोप लगाएका थिए।

पार्टीभित्र विवाद बढ्दै गएपछि १३ पुसमा पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो।पार्टीभित्र विवाद बढ्दै गएपछि १३ पुसमा पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो ।

विवादअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को खातामा ३८ लाख रुपैयाँ थियो । पार्टी प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षरमध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने कानुनी व्यवस्था गरिएको थियो ।

केपी ओली र प्रचण्ड-माधव समूहबीच विवाद बढ्दै गएपछि १३ पुसमा रावलको निर्देशनमा पार्टीका प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ झिके । रकम झिकेको एसएमएस पार्टीका प्रदेश अध्यक्ष थापाले पाएपछि विवाद चर्कियो । प्रदेश सचिव माओवादी केन्द्रका तर्फबाट थिए भने कार्यालय सचिव सुवेदी माधव समूहका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top