ट्रेण्डिङ

होमपेज / राजनीति

मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डकाे जिकिर

नेपालगाथा २०७७ चैत्र २८ गते शनिबार १७:०७:४६ मा प्रकाशित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोर्चा बनाएर केपी शर्मा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका छन्।माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै  दाहालले आगामी चुनावमा दलहरूसँग मोर्चा बनाएर ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने बताएका हुन।

उनले चाँडै ओली सरकार हट्ने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताए ।यस्तै, कर्मचारीतन्त्रलाई आतंकमा बाँच्न बाध्य पारिएको र उनीहरूको वृत्ति विकास, स्वतन्त्रता र आत्मसम्मानलाई कुल्चिने कोसिस भएको पनि बताए ।

जसपाले पनि पार्टीमा सल्लाह गरेर एकदुई दिनभित्रै टुंग्याउँछु भनेको भन्दै उनले भने, मलाई लाग्छ, केही दिनभित्र नयाँ सरकार गठन हुन्छ ।’

उनले नेकपा निर्माणपछि आफ्नो समूह, हिजोका लडाकु, संरचनामा ध्यान दिन नसकेको र त्यसको अनुभूत अहिले भित्र(भित्रै भइरहेको पनि बताए । कर्णाली प्रदेश हिजो, जनयुद्धकालमा आधारा इलाका रहेको र अहिले पनि हुनसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top