ट्रेण्डिङ

होमपेज / राजनीति

लखनउको घोडाले पनि देख्छ बाटो बनेको, हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ?:प्रधानमन्त्री

नेपालगाथा २०७७ चैत्र २८ गते शनिबार १५:२३:४६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले गरेको काम लखनउको घोडाले पनि देख्ने बताएका छन् । ओलीले देशमा सरकार परिवर्तनको खेल भइरहेको बताएका छन् । तर, सरकार परिवर्तनको खेल आवश्यक नरहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ साधारणसभामा ओलीले सरकार किन परिवर्तन गर्न खोजिएको हो ? भन्दै प्रश्न गरेका थिए ।तीन वर्षको अवधिमा धेरै विकासका काम भएको भन्दै उनले त्यो विकासलाई नदेखी सरकार परिवर्तनको खेल भइरहेको जिकिर गरे । 

“लखनउको घोडाले पनि देख्छ बाटो बनेको । हाम्रा जो त्यही बाटोमा हिँड्छन्, बाटो बनेको किन देख्दैनन् ?," उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top