ट्रेण्डिङ

होमपेज / राजनीति

अब चाँडैनै ओली सरकार हट्ने छ:प्रचण्ड

नेपालगाथा २०७७ चैत्र २८ गते शनिबार १५:११:०३ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।उनले चाँडै ओली सरकार हट्ने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताए ।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै दाहालले जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए।

प्रचण्डले आफूहरू जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको बताए ।उनले अहिले विचित्रको स्थिति बनेको भन्दै मुलुकमा अराजकताको कालो बादल मडारिएको बताए । नयाँ सरकार बनाएर आफूहरू यसलाई सच्याउन लागेको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top