होमपेज / राजनीति
काठमाडौं। गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।
नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।
'उहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको छ। हामीले यसअघि प्रतिनिधिसभाका चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसेकेका छौं,'राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले भने,'बादलजी अब माओवादी केन्द्रको सांसद रहनुभएन।'
यसअघि माओवादी केन्द्रले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि पार्टीमा नफर्किएर एमालेमै बसेका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद खोसेको थियो ।