ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले सांसद अधिकारीले जनाए आपत्ति:संसदीय समितिमा एमाले नाममै प्रतिनिधित्व गराउन माग

नेपालगाथा २०७७ चैत्र २६ गते बिहीबार १४:२२:३३ मा प्रकाशित

काठमाडौँ– नेकपा एमालेले संसदीय समितिमा समेत प्रतिनिधिसभामा भएको प्रतिनिधित्वअनुसार सहभागी गराउन माग गरेको छ। सत्तारूढ नेकपा एमालेका सांसद खगराज अधिकारीले नेकपा एमालेका सांसदलाई नेकपा भनिएकोमा आपत्ति जनाएका छन्।

उनले संसदीय समितिमा एमालेको प्रतिनिधित्व नभएको भन्दै तत्काल त्यस्तो व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराए । एमाले वेग्लै दल बनेको अबस्थामा प्रतिनिधित्व पनि एमालेकै मतअनुसारको हुनुपर्ने माग उनको छ ।

‘फागुन २३ गतेदेखि यता नेकपा एमाले हामी यहाँ छौं। माओवादी केन्द्र नजिकै छ,’ एमाले र माओवादीका सांसदहरू बसेको ठाउँतर्फ संकेत गर्दै उनले भने, ‘संसदभित्र सत्तापक्षको बसाइमा हामी छौं। तर समिति बैठकमा जाँदा हामी नेकपा हुन बाध्य छौं।’

सांसद अधिकारीको मागअनुसार सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको र समितिमा एमालेले दिएअनुसारका सांसदहरुलाई संसदीय समितिमा राख्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top