ट्रेण्डिङ

होमपेज / राजनीति

विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो: प्रचण्ड

नेपालगाथा २०७७ चैत्र २५ गते बुधबार १६:२८:५५ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।

ओलीले  संसद् विघटन गरेर विदेशी शक्ति समक्ष आत्मसर्पण गरेको भनेर बुधबार सल्यानमा आयोजित एक कार्यक्रममा प्रचण्डले जिकिर गरे ।

कम्युनिस्ट पार्टीका नेताहरू कम्युनिस्ट पार्टी विघटन गरेको घटना स्मरण गर्दै उनले नेपालमा ओलीले जनताको अधिकार कुल्चिने काम गरेको आरोप लगाए ।

"केपी ओली नामको व्यक्तिद्वार संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र सम्द्धिको सपना किल्चिदिने र विदेशी शक्तिका सामू आत्मसमर्पण गर्ने घटना घट्यो," प्रचण्डले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top