ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा

नेपालगाथा २०७७ चैत्र २५ गते बुधबार १४:१७:१० मा प्रकाशित

पोखरा — गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन। 

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुधबार दिउँसो राजीनामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो खुलोस् भनेका थिए। ‘हामीले भन्दा पनि माथिबाटै निर्णय भएर राजीनामा बुझाएका हौं’, मन्त्री चुमानले राजीनामा पत्र बुझाउँदै भने, ‘हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस्।’

राजीनामा बुझाएर चुमान र थापा प्रदेशसभा पुगेका छन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । आजदेखि प्रदेशसभाको विधेयक अधिवेशन सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top