ट्रेण्डिङ

होमपेज / राजनीति

मैले उदार भएर एक जना साथीलाई गृहमन्त्री बनाएर गल्ती गरेँ:प्रचण्ड

नेपालगाथा २०७७ चैत्र २४ गते मंगलबार १८:३८:३७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् ।

मंगलबार रूकुम पश्चिममा भएको जनप्रशिक्षण कार्यक्रममा पुगेका प्रचण्ड आफूलाई दु:खमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचना गरेका हुन।'मैले उदार भएर एक जना साथीलाई गृहमन्त्री बनाएर गल्ती गरेँ, मैले इमान्दार कार्यकर्ताहरूलाई वेवास्ता गरेर गल्ती गरेँ,' उनले भने ।मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नति गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साेझासीधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली फटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो।’

उनले पार्टी छाडेर गएका र पुन: फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top