ट्रेण्डिङ

होमपेज / राजनीति

ओली सरकारका चार मन्त्रीलाई माओवादी केन्द्रद्वारा पदबाट निष्कासित

नेपालगाथा २०७७ चैत्र २४ गते मंगलबार १६:५९:३५ मा प्रकाशित

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

गएको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले  ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ।

प्रचण्डले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि उनीहरुले माओवादी केन्द्रको प्रतिनिधित्व गर्नुपर्नेमा नेकपा एमालेको राजनीतिक गतिविधिमा संलग्न भएको र केन्दीय सदस्य पद स्वीकार गरेकाले कारबाही गरेको उल्लेख गरेका छन् ।

उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको सचिवालय स्रोतले जानकारी दियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top