ट्रेण्डिङ

होमपेज / राजनीति

विकास निर्माणका योजनाहरू देखेर प्रेसर बढेको छ भने यो प्रेसर अझै बढ्नेवाला छ:बास्कोटा

नेपालगाथा २०७७ चैत्र २३ गते सोमबार १४:५४:२६ मा प्रकाशित

काठमाडौं । सांसद गोकुल बास्कोटाले सबै राजनीतिक दल र नेताहरुसँग जनतामा लैजाने एजेण्डा नरहेको बताएका छन् ।

त्यसैगरी बाँस्कोटाले विकास निर्माणका कामले केहीको प्रेसर बढेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् बाँस्कोटाले विकास निर्माणका कामहरू देखेर कसैको प्रेसर बढेको भए त्यो अझै बढ्ने बताएका हुन् ।

'जनतचाले विकास चाहेका हुन् । आरोपमा मात्रै समय बर्बाद नगरौं । मेलम्चीको पानी आएको जनताले टुटी खोलेर पिउन थालिसके । विकास निर्माणका योजनाहरू देखेर काम अगाडि बढेको देखेर प्रेसर बढेको छ भने यो प्रेसर अझै बढ्नेवाला छ । 'बाँस्कोटाले भने।

जनताका बीचमा जाने प्रतिगमन बारम्बार भइरहने भन्दै उनले मुलुकलाई निकास दिन नसक्ने हो भने ताजा जनादेशको विकल्प नरहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top