ट्रेण्डिङ

होमपेज / राजनीति

सभामुखद्वारा प्रतिनिधिसभा सदस्य जानकीदेवी रामलाई शपथ

नेपालगाथा २०७७ चैत्र २२ गते आइतबार १३:४५:५६ मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको सपथ गराउनुभएको छ । 

सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा उहाँलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । नेकपा एमाले की सानु शिवाको निधनपछि रिक्त समावेशी दलित कोटामा उहाँ निर्वाचित हुनुभएको थियो । सांसद शिवाको गत असोज २८ गते निधन भएपछि समानुपातिकतर्फको पद रिक्त भएको थियो । 

 निर्वाचन आयोगले उहाँ समावेशी दलित कोटामा निर्वाचित भएको जानकारी यही चैत १९ गते संसद् सचिवालयलाई जानकारी गराएको थियो । संसद्को पहिलो बैठकमा भाग लिनुअघि सभामुखबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । कार्यक्रममा सभामुख सापकोटाले संघीय सांसद, प्रतिनिधिसभाको प्रतीक चिह्न लोगो प्रदान गरी सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभएको थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top