होमपेज / राजनीति
काठमाडौँ नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्बन गरेको छ ।पार्टीका उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको हो ।
पार्टी हितविपरीत क्रियाकलाप गरेको, गुट भेला गरेको भन्दै एमालेले माधवकुमार नेपालसहित पाण्डे र भुसाललाई पनि स्पष्टीकरण सोधेको थियो । पार्टी विरोधी फाटोबादी र गुटगत क्रियाकलापहरू एमालेकै नाममा गरिरहेको र ती गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिए थप कारबाही गर्ने चेतावनी उनीहरूलाई दिइएको छ ।
आपराधिक क्रियाकलपाहरू स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीका लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकपलाहरू प्रति प्रायश्चित गर्ने अवसरलाई गम्भिरताका साथ लिनुको साटो उल्टै स्पष्टीकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद काम गरेको लेखिएको कारबाही गरिएको पत्रमा उल्लेख छ ।