ट्रेण्डिङ

होमपेज / राजनीति

संसदमा उठ्यो म्यानमारको सेनाले गरिरहेको दमनको मुद्दा

नेपालगाथा २०७७ चैत्र १८ गते बुधबार १४:५८:४३ मा प्रकाशित

काठमाडौँ   जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले म्यानमारमा भइरहेको सैन्य दमनका विषयमा नेपाल बोल्नुपर्ने बताएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले लोकतन्त्र र मानव अधिकारका पक्षमा उभिएका म्यानमारका नागरिकमाथि सैनिकले गोली हानेकोमा विरोध गरेका छन्।'जुन देशमा लोकतन्त्रको हत्या हुन्छ, त्यसबारेमा हामी गम्भीर हुनुपर्छ र नेपाल सरकार बोल्नुपर्छ,' कर्णले भने, ' म्यानमारमा जे भइरहेको छ त्यो संवेदनशील छ ।'  उनले मानव अधिकार र लोकतन्त्रका लागि जोडदार आवाज उठाउनु पर्ने बताए । 

त्यसैगरी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले निर्वाचित सरकारलाई अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा विरोध गरेका छन्।‘म्यानमारमा पछिल्लो पटक निर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा म घोर भर्त्सना गर्दछु,’ उनले भने, ‘लोकतन्त्र र मानव अधिकारका पक्षमा आवाज बुलन्द गरिरहेका नागरिकलाई सेनाले दमन गरेको छ।

सेनाले म्यानमारको शासन आफ्नो हातमा लिएपछि त्यसको विरोधमा दिनहुँ विरोध प्रदर्शन भइरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top