होमपेज / राजनीति
काठमाडौँ – फागुन २३ को फैसलालाई नाटकको संज्ञा दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतको ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसद सचिवालयमा नेकपाका बहुमत सांसदको हस्ताक्षरसहित दलको नेताबाट हटाइएको सूचना दर्ता गरेर फर्किँदा फर्किँदै अदालतले दुईटा पार्टी बनाइदिएको बताए ।
उनले भने, ‘यो कस्तो नाटक भएको हाे ? हामीले दुई तिहाई बहुमतबाट अध्यक्षबाट हटाएको केपी ओलीलाई अदालतको फैसलाले फेरि अध्यक्ष बनाइदियो । यो कस्तो खालको फैसला आयो ?’
ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै लाग्दा एमाले-माओवादी ब्युँताउने फैसला आएपछि आफूसहित माधव नेपाल र झलनाथ खनाल चिन्तित बनेको प्रचण्डले बताए । उनले फैसला मान्ने तर यसको पुनरावलोकन होस् भनेर अदालत गएको बताए ।