ट्रेण्डिङ

होमपेज / राजनीति

सरकार र थरुहट संघर्ष समितिको वार्ता सुरु

नेपालगाथा २०७७ चैत्र १७ गते मंगलबार १५:०४:२५ मा प्रकाशित

काठमाडौँ –  सरकारले टीकापुर घटनाका दोषी रेशम चौधरीको रिहाइलगायत माग राखी आन्दोलित बनेको थरुहट संघर्ष समितिसँग वार्ता सुरु गरेको छ ।

समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र  सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा मंगलबार दिउँसो वार्ता सुरू भएको हो।सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र पुर्व सासंद भगवती चौधरी सदस्य रहेका छन् ।

थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमीलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रप्रसाद चौधरी, प्रभात चौधरी रहेको वार्ता टोलीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top