होमपेज / राजनीति
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा मन्त्रिपरिषद्का विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको छ ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयालको इजलाशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई नेतृत्वले गरेको निर्णयको सक्कल निर्णय झिकाउने आदेश सुनाएको हो ।रिट निवेदक न्यौपानेले भने नेपाल र भट्टराई सरकारले गरेका ४ वटा निर्णय झिकाउने आदेश गरेको जानकारी दिए।
ललित निवास प्रकरणमा पूर्वप्राधनमन्त्रीहरू नेपाल र भट्टराईविरुद्ध समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । भट्टराईको रिट २०७६ माघ २९ मा दर्ता भएको थियो ।
अख्तियारको त्यो निर्णयविरुद्ध अधिवक्ता बालकृष्ण नेउपानेले २९ माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए । लगत्तै २ फागुन २०७६ मा यो मुद्दालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अग्राधिकार दिएको थियो ।
आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलले गत २ फागुनमा प्रमाण बुझ्ने आदेश दिएको थियो ।