ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गते

नेपालगाथा २०७७ चैत्र १५ गते आइतबार १६:५०:२५ मा प्रकाशित

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक चैत २३ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै २३ चैत दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाएको हो । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेभित्र चर्किएको विवादका कारण प्रदेश १ को प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

बुधबार मुख्यमन्त्री शेरधन राईले आफ्नो पार्टीका सांसदलाई सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए ।प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो । तर सत्तापक्षको अवरोधका कारण बैठक बस्न सकेको छैन ।सत्ता पक्षको बहिस्कारकाबीच गत पुस १२ गते तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव फागुन ९ गते संसदमा टेबल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top